संघीय संसद प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । बैठकले आजै प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ ।
सिंहदरबारस्थित संसद सचिवालयमा बसेको बैठकमा प्रतिनिधिसभाको आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले ल्याएको अध्यादेशहरू टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत हुने निर्णय भएको छ ।
यस्तै दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे बस्दैछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।