सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आइतबार ९२ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि तेजावी सुनको सुनको प्रतितोला मूल्य महासंघले ९२ हजार एक सय रुपैयाँ तोकेको छ । यस्तै चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ ।
शुक्रबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार एक हजार दुई सय ९५ रुपैयाँमा झरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।