मंगलबार, साउन १२ २०७८
ताजा अपडेट

विद्यार्थी नेताहरूले पेट्रोलको मूल्य रु १ वृद्धि भएको देख्ने, खाने तेलको मूल्य रु १०० ले बढेको नदेख्ने ?


  • KTM Khabar
  • बिहिबार, असार ३१ २०७८
2.1K
SHARES

फाइल तस्विर

खाने तेलको मूल्य एक वर्षको अन्तरालमा सय रुपैयाँ बढ्दा पनि कसैले आवाज उठाएनन् । कुनै विद्यार्थी सङ्गठन खाने तेलको मूल्य बढ्यो भनेर सडकमा देखिएन ।

तुलनात्मक रूपमा आर्थिक अवस्था बलियो हुनेले सोखका लागि प्रयोग गर्ने पेट्रोलको भन्दा आम सर्वसाधारणको भान्छामा हरेक दिन प्रयोग अनिवार्य भएको खाने तेलको मूल्य असाधारण तरिकाले बढ्दा चाही आवाज उठाउनु नपर्ने हो भन्दै आम सर्वसाधारणले प्रश्न गरेका छन् ।

विद्यार्थी नेताहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको देख्ने तर खाने तेलको मूल्य बढेको नदेख्ने कस्ता आन्दोलनकारी हुन भन्ने प्रश्न आम सर्वसाधारणले गरेका छन् ।

विद्यार्थी नेताहरुले पनि आफैलाई फाइदा हुने काम मात्रै गर्ने हुन् । राजनीतिक स्वार्थका लागि आन्दोलमा उत्रेका छन् । अब नेपाल विद्यार्थी संघले आफ्नै सरकार भएकाले आन्दोलन गर्दैनन भन्न सम्म जनताले भ्याएका छन ।

नाडा अटोमोवाइल्स एशोसियसनका अनुसार ३ करोड नेपालीमध्ये १० प्रतिशत अर्थात् ३० लाखले दुईपाङ्ग्रे सवारी साधन प्रयोग गर्छन् । जुन ठिकै आर्थिकस्थिति हुने समूह हो ।

त्यस्तै ०.९ प्रतिशत अर्थात् २ लाख ७० हजारले चारपांग्रे सवारी साधन प्रयोग गरिरहेका छन् भने ८९.१ प्रतिशत सर्वसाधारण नेपालीले सार्वजनिक सवारी साधन प्रयोग गर्छन् ।

यसरी आर्थिकस्थिति राम्रो भएकाले प्रयोग गर्ने पेट्रोलको भन्दा आमसर्वसाधारण सबैले भान्छामा अनिवार्य प्रयोग गनुपर्ने तेलको मूल्य बढ्दा विद्यार्थी संगठन चुपचाप बस्नु ठिक नभएको आम सर्बसाधारणको भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा