शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेप्सेमा एक अंकको सुधार हुँदा ५ अर्ब ६५ करोडको कारोबार


  • बुधबार, असार ३० २०७८
7.9K
SHARES

फाईल तस्बिर

बुधबार शेयर बजार परिसूचक नेप्से १.०१ अंकले बढेर २८७२.०५ अंकमा बन्द भएको छ । कारोबारमा आएका १३ मध्ये पाँच समूहको सूचक बढेका छन् भने ८ वटा सूचक घटेका छन् ।

साताको चौंथो कारोबार दिन बुधबार नेप्सेमा सामान्य वृद्धि हुँदा जलविद्युत र फाइनान्स कम्पनीमा आकर्षण देखिएको छ ।

जलविद्युत सूचक सर्वाधिक २.७१ प्रतिशत बढेको बजारमा फाइनान्स १.४८ प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट, म्चुचुअल फण्ड तथा होटल र पर्यटनका सूचकमा सामान्य बढेको छ ।

आजको बजारमा सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका शेयरधनीले कमाएका छन् ।

त्यस्तै आज छिमेक लघुवित्त २२ करोड, हिमालयन डिष्टिलरी १९ करोड, निर्धन उत्थान १६ करोड, नबिल ब्यालेन्स्ड फण्ड १५ करोड, नेपाल लाइफ १४ करोड, नबिल बैंक १३ करोड, नेपाल बंगलादेश बैंक १३ करोड, मञ्जुश्री र एनआईसी एशिया बैंकको पनि १२ करोड बढीको शेयर खरीद बिक्री भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा