शनिबार, साउन ९ २०८३
ताजा अपडेट

१८७५ संक्रमित थपिए, २९ को मृत्यु


  • बिहिबार, असार २४ २०७८
8.9K
SHARES

फाइल तस्बिर

पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५०४ जनामा कोरोना परीक्षण भएको थियो । जसमा एन्टिजेन विधिबाट ५ हजार १३० जना र पीसीआर विधिबाट ५ हजार ३७४ जनामा परीक्षण भएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । यो पीसीआर परीक्षणबाट पुष्टि संक्रमितको संख्या हो । यस्तै एन्टिजेन विधिबाट हालसम्म ४१ हजार ४६९ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हालसम्म ९ हजार ३२० जनाले ज्यान गुमाएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा