शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, फाइनान्स र विकास बैंकमा आकर्षण


  • बिहिबार, असार २४ २०७८
10.1K
SHARES

फाईल तस्बिर

साताको अन्तिम दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । सेयर करोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्दा व्यापार र ‘अन्य’ बाहेकका सबै समूह बढेका छन् । नेप्से परिसूचक २३ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २४ दशमलव ८९ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४१ अंकले बढेको छ । कारोबार रकम भने ५ अर्ब पनि पुग्न सकेन ।

दिनभर भएका ५१ हजार ८६८ कारोबारबाट २२३ कम्पनीका १ करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २ सय ९४ रुपैयाँ पुगेको छ । बिहीबार सबैभन्दा धेरै फाइनान्स कम्पनीको समूहगत सवइन्डेक्स बढेको छ । फाइनास् ३ प्रतिशत भन्दा माथिले बढ्दा दोस्रोमा विकास बैंक २ प्रतिशत माथि र लघुवित्त समूह १ प्रतिशत माथिले बढेका छन् ।

सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्ट फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । दोस्रामो राष्ट्रिय बिमा कम्पनीको संस्थापक समूहतर्फको सेयर मूल्य प्रतिकित्ता १ हजार ८४ रुपैयाँले बढेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा