साताको पहिलो आइतबार सेयर बजार परिसूचक नेप्से ८.४८ अंकले घटेको छ। यस्तै आज दिनभरिमा ५ अर्ब ५ करोडको मात्रै सेयर खरिदबिक्री भएको हो।
आइतबारको कारोबारमा क वर्गका कम्पनीको मापन गर्ने सूचक सेन्सिटिभ पनि शून्य दशमलव ३३ अंकले झरेको छ। आजको कारोबारमा २ सय २४ कम्पनी सामेल भए। त्यसमा ६० हजार १ सय ७५ पटक कारोबार भयो।
उक्त अवधिमा कम्पनीहरुको १ करोड ८ लाख कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। १३ उपसमूहमध्ये आज होटल र पर्यटन, अन्य, म्युचुअल फन्डबाहेक बाँकीको कारोबार सूचक पनि ओरालो लागेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।