शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

२२९९ संक्रमित थपिए, ३४ जनाको मृत्यु


  • शुक्रबार, असार १८ २०७८
10.1K
SHARES

फाइल तस्बिर

पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ५९६ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट १३९१ जनामा र एन्टिजेन विधिबाट ९०८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विधिबाट ३६ हजार ७५५ जनामा संक्रमण संक्रमण पुष्टि भइसकेको छ ।
यही अवधिमा थप ३४५१ संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ३६०० जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९४ प्रतिशत रहेको छ । हाल २६ हजार ३३६ जना होम आइसोलेसन, २ हजार ९३८ जना संस्थागत आइसोलेसन, ६३२ जना आइसीयू र १८१ जना भेन्टिलेटरमा रहेका छन् ।

कोभिड–१९ को संक्रमणबाट थप ३४ जनाले ज्यान गुमाएका छन् । हालसम्म ९ हजार १७९ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा