साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक आज १९.१२ अंकले बढ्दै २८४३ विन्दुमा बन्द भएको छ ।
आज ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ताको सेयर किनबेचमा ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रूपैयाँ कारोबार भएको छ । आज सेयर किनबेच र कारोबार रकममा सुधार आएको हो । हिजो ४.१३ अंकले घटेको बजारमा साढे पाँच अर्बको करोबार भएको थियो ।
आज निको इन्स्योरेन्सको ३० करोडको कारोबार भयो । ज्योति विकास बैंकको १८ करोडको कारोबार भयो । आज ओरेन्टियल होटललगायत तीन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । निर्जीवन बीमा कम्पनी समूहबाहेक अन्य सबै समूह हरियो भएका छन् । आज सबैभन्दा धेरै होटल तथा टुरिजम समूहका लगानीकर्ताले कमाएका छन् ।
होटल तथा टुरिजम समूहको ३.९४ प्रतिशतले बढेको छ । यसैगरी, विकास बैंक समूह पनि ३.६३ प्रतिशतले बढेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।