मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ३ लाख ८९ हजार कित्ता आईपीओ आज (बिहीबार) बाट सर्वसाधारणका लागि खुल्ला भएको छ ।
प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आईपीओ निष्काशन गरेको कम्पनीले ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा मात्र सर्वसाधारणका लागि खुल्ला गरेको हो ।
सोही ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
बिहीबारबाट खुल्ला भएको कम्पनीको आईपीओ आउँदो असार २१ गतेसम्म जारी रहनेछ । यद्यपी, माग अनुरुप आवेदन नपरे आईपीओको म्याद असार ३० गतेसम्म जारी राख्ने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।