कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक २७.३८ अंकले बढेको छ । आज ०.९६ प्रतिशतको वृद्धि हुँदै २८७०.३८ विन्दुमा पुगेर बन्द भएको छ ।
आज २ करोड ९७ लाख ४३ हजार ७७ कित्ताको सेयर किनबेचमा ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रूपैयाँ कारोबार भएको छ । सबैभन्दा धेरै एनएचपीसीको ४० करोड बराबरको भयो । सेन्चुरी कमर्सियल बैंक र माथिल्लो तामाकोशीको स्यर करिब १० प्रतिशतले बढेको छ ।
आज बैंकिङ, व्यापार, हाइड्रोपावर, उत्पादन, अन्य, माइक्रोफाइनान्स, म्युचल फण्ड र लगानी समूहको सेयर मूल्य बढेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।