शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सूर्य नमस्कार किन गर्ने ? यस्तो छ स्वास्थ्य लाभ


  • शुक्रबार, असार ११ २०७८
21.4K
SHARES

फाइल तस्विर

योग गुरुहरुले भन्ने गर्छन, सूर्य नमस्कार समग्र व्यायाम हो । अर्थात सूर्य नमस्कार गरेपछि समग्र शरीरको व्यायाम हुने गर्छ । अहिले बलिउड स्टारदेखि शहरिया हरुबीच लोकप्रिय योगासन पनि हो सूर्य नमस्कार । सूर्य नमस्कारले शरीर छरितो र आकर्षक हुने कुरा योग गुरुहरुले बताउने गर्छन ।

‘सूर्य नमस्कार’ को शाब्दिक अर्थ सूर्यको अर्पण वा नमस्कार गर्नु हो ।

सूर्य नमस्कार गर्दा केके फाईदा हुन्छ ?

सूर्य नमस्कारले तन, मन र वाणी, सबैमा शक्ति र उर्जा मिल्छ भन्ने गरिन्छ । यसले शरीरको सबै अंगलाई एक्टिभ बनाउँछ । शरीरलाई उर्जावान बनाउने मात्र होइन, रोगमुक्त पनि गराउँछ । सूर्य नमस्कार १२ शक्तिशाली योग आसनको एक समन्वय हो, जो एक उत्कृष्ट कार्डियो भास्कुलर व्यायाम पनि हो भन्ने गरिन्छ ।

अर्को महत्वपूर्ण कुरा त के भने, यदि हामीसँग व्यायाम गर्ने पर्याप्त समय छैन भने सूर्य नमस्कार उत्तम विकल्प हो । सूर्य नमस्कारबाट शरीरलाई फुर्तिलो, लचिलो र उर्जावान् बनाउन सकिन्छ ।

सूर्य नमस्कारमा १२ वटा आसनको दुई क्रम हुन्छ । अर्थात ६ वटा आसनलाई दुई पटक दोहोर्‍याएपछि सूर्य नमस्कार पूर्ण हुन्छ । सूर्य नमस्कारको एक चरण पुरा गरेपछि, अर्को चरणमा सोहि क्रम दोहोर्‍याउनु पर्छ ।

सूर्य नमस्कार खाली पेट गर्नुपर्छ । अर्थात बिहानको समय सर्वोत्तम हो, सूर्य नमस्कारको लागि । यसको केहि थप सर्त तथा नियम छन् ।

१. सूर्य नमस्कार पूर्व दिसामा फर्किएर गर्नुपर्छ ।

२. सूर्य नमस्कार गरेको बेला शरीरको प्रत्येक क्रियालाई ध्यानपूर्वक एवं आरमदायक ढंगले गर्नुपर्छ ।

३. यो योग अभ्यास सुरु गर्नुअघि विज्ञको सुझाव लिनैपर्छ ।

४. सूर्य नमस्कारको तेस्रो वा पाँचौ स्थिती सर्वाकल र स्लिप डिस्कका रोगीका निम्ति बर्जित छ ।

५. यदि गंभिर रोगले ग्रस्त हुनुहुन्छ भने, सूर्य नमस्कार अघि चिकित्सकको सल्लाह लिनैपर्छ ।

६. सूर्य नमस्कार १२ पटक गनुपर्छ भनिन्छ । यद्यपी हतारमा होइन, आरमसाथ । सुरुवाती अवस्थाममा चार, पाँच पटक गरेपनि हुन्छ ।

७. सूर्य नमस्कार वा अन्य योग असान गरिसकेपछि योग निन्द्रामा पूर्ण विश्राम आवश्य गरौ । यसले हामीलाई चुस्त दुरुस्त, प्रसन्न, शान्त तुल्याउँछ ।

सूर्य नमस्कार कसरी गर्ने भन्ने कुरा,योग्य योग गुरु अथबा युटुव तथा गुगलमा हेरेर सिक्न सक्नु हुनेछ ।

बिभिन्न पत्रपत्रीकाको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा