नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज छापावाल सुन प्रतितोला ४०० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मुल्य पनि आज ५ रुपैयाँले बढेको छ । साताको कोरोबारको दोस्रो दिन आज चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।