बुधबार, असार ९ २०७८
ताजा अपडेट

आज शेयर बजार नेप्से १.८० अंकले गिरावट


  • KTM Khabar
  • बिहिबार, जेष्ठ २७ २०७८
1.4K
SHARES

फाइल तस्विरv

आज नेप्से परिसूचकमा १.८० अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ विन्दुमा झरेको हो ।

हिजो दोहोरो अंकले घटेको नेप्से आज पनि घटेको हो। बिहीबार नेप्सेमा सामान्य गिरावट आएपनि यता क वर्गका सेन्सेटिभ इन्डेक्स भने बढेको छ ।

नेप्सेका अनुसार यस दिन सेन्सेटिभ इन्डेक्स २.५९ अंकले बढेर ५२७.८७ विन्दुमा पुगेको हो । बिहीबार कुल २२० कम्पनीका ३ करोड ६ लाख ६ हजार २६४४ कित्ता सेयर १ लाख ५५ हजार ६९० पटक किनबेच हुँदा कुल १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रुपैयाँको कारोबार भएको छ ।

यस दिन विकास बैंक समूह धनात्मक हुँदा वाणिज्य बैंकहरु ऋणात्मक भएका छन् भने होटल तथा पर्यटन, व्यापार, जीवन बीमा, निर्जीवन बीमा लगायत अन्य समूह ऋणात्मक रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा