बुधबार, असार ९ २०७८
ताजा अपडेट

दोहोरो अंकले घट्यो नेप्से, १७ अर्बको सेयर कारोबार


  • KTM Khabar
  • बुधबार, जेष्ठ २६ २०७८
1.1K
SHARES

फाईल तस्बिर

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभर देखिएको तीव्र उतारचढाव पछि बुधबार नेप्से परिसूच्क १३ दशमलव ५६ अंकले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ अंकमा झरेको छ ।

उता क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलव ८३ अंकले घटेको छ । कारोबार रकममा भने उल्लास कायमै छ । दिनभर भएका १ लाख ५५ हजार २३९ कारोबारबाट २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ पुगेको छ ।

नेपाल इन्स्यारेन्सका लगानीकर्ताहरुले बुधबार धेरै कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ दशमलव ९५ प्रतिशतले बढेर १ हजार ६ रुपैयाँ पुगेको छ ।

दोस्रोमा युनाइटेड मोदी हाइड्रोपावरक कम्पनी र तेस्रोमा रिढी हाइड्रोपावर कम्पनी देखिएका छन् । यसैगरी अरुण भ्याली हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स र प्रभु इन्स्यारेन्सको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

उता धेरै गुमाउनेहरुको पहिलो नम्बरमा युनाइटेड आइडीआई मार्दी, महालक्ष्मी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंकको सेयर मूल्य धेरै घटेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा