बुधबार, असार ९ २०७८
ताजा अपडेट

नेपाली कांग्रेस कामनपा ८ को आयोजनामा आकस्मिक रक्तदान सम्पन्न


  • KTM Khabar
  • सोमबार, जेष्ठ २४ २०७८
2.3K
SHARES

रक्तदान कार्यक्रम कामनपा ८

कोरोना माहामारी चलिरहेको अबस्थामा नेपाली कांग्रेस कामनपा ८ को आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

एक पिन्ट रगतको लागी समस्या परिरहेको अहिलेको विकराल अवस्थामा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं ८ ले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त रक्तदान कार्यक्रममा १०८ जनाले रक्तदान गरेर पुन्यको काम गरेका छन ।

कामनपा ८ नेपाली कांग्रेस ईकाई सभापति आशामान संगतको संयोजकत्वमा भएको कार्यक्रममा काँग्रेस नेता गगन थापा, नरोत्तम वैद्य, एन्फा अध्यक्ष कर्मा छिरिङ्घ शेर्पा,व्लड डोनर्स एसोसिएसन काठमाडौं मध्य क्षेत्र अध्यक्ष कृष्णप्रसाद मानन्धर, समाजसेवी प्रवेश लामिछाने लगाएत वडाका जनप्रतिनिधि एवं स्थानियवासीहरुको उल्लेख्य उपस्थितीमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

लकडाउन सुरु भए पछी यो संख्यामा रक्तसंकलन भएको यो पहिलो पटक हो । कार्यक्रमा प्राविधिक सहयोग व्लड डोनर्स एसोसिएसन काठमाडौं मध्य शाखाले गरेको थियो भने संकलन नेपाल रेडक्रस सोसाइटीले गरेको थियो ।

उक्त रक्तदान कार्यक्रमका संयोजक संगत, पशुपति क्षेत्र मानव वस्ति हटाउने गुरुयोजना विरुद्ध स्थानियको तर्फ बाट संयोजक समेत रहेका छन । यस महामारीको समयमा आइसोलेसन एवं निःशुल्क यातायात सुविधाका लागि नियमित खटिईरहेका संगतलाई काँग्रेसले आउने स्थानिय निर्वाचनमा वडा अध्यक्षको उम्मेदवारको रुपमा प्रस्तुत गर्ने समेत आँकलन स्थानियले गर्न थालेका छन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा