शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

महामारीमा पनि बैंकहरूले घटाए निष्कृय कर्जा, कुन बैंकको कति ?


  • बिहिबार, जेष्ठ १३ २०७८
17.1K
SHARES

फाइल तस्विर

बैंक तथा वित्तीय संस्थाहरूले निष्कृय कर्जा घटाएका छन् । गतवर्ष भएको लकडाउनपछि बैंकहरूको निष्कृय कर्जा धेरै बढ्न सक्ने अनुमान गरिएको थियो । तर अनुमान विपरीत बैंकहरुले निष्कृय कर्जामा सुधार गरेका छन् ।

लामो समय भएको लकडाउनका कारण व्यापार व्यवसाय बन्द भए । लकडाउनमा बन्द भएका कतिपय उद्योगहरु अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । यस कारण पनि बैंकहरुको निष्कृय कर्जा बढ्ने अनुमान थियो ।

गतवर्ष २०७६ चैतसम्म सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको निष्कृय कर्जा १ दशमलव ६६ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको ९ महिना अर्थात् २०७७ चैतसम्म आइपुग्दा निष्कृय कर्जा घटेर १ दशमलव ३८ प्रतिशतमा झरेको छ । लकडाउनपछि बैंकहरुले राम्रै परफरमेन्स देखाएको राष्ट्र बैंकले बताएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा