साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्जमा हालसम्मकै उच्च कारोबार भएको छ। यस दिन १३ अर्ब १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ जुन हालसम्मकै नयाँ रेकर्ड हो। सोमबार नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड राखेको हो ।
सोमबार एकैदिन १३ अर्ब रुपैयाँ भन्दा धेरै सेयर किनबेच भएको छ । यो नेपाली सेयर बजारको इतिहासमै एकैदिन भएको सबैभन्दा धेरै ठूलो कारोबार हो ।
यस दिन २१६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ रुपैयाँमा खरिद बिक्री भएको छ।
यस दिन नेप्से सूचक पनि ३.०७ अंकले बढेर २८२३.०६ विन्दुमा पुगेको छ जुन हालसम्मकै उच्च विन्दु हो। सोमबार सेन्सेटिभ इन्डेक्स पनि १.३१ अंकले बढेको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।