शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सेयर बजारमा दोहोरो अंकको करेक्शन, कारोबार रकममा नयाँ रेकर्ड


  • बुधबार, जेष्ठ ५ २०७८
11.5K
SHARES

फाइल तस्बिर

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.०९ अंकले घढेर २ हजार ७ सय ८० दशमलव ८१ अंकमा झरेको छ । दिनभर तीव्रउचारचढाव पछि अन्तिममा नेप्से परिसूचक घटेको हो ।

आइतबार, सोमबार र मंगलबार लगातार बढेको नेप्से बुधबार घटेको हो । लगातार बढेर कुनै एक दिन घट्नुलाई लगानीकर्ताहरुले ‘करेक्शन’ भएको भन्ने गरेका छन् । नेप्से परिसूचक घटेपनि सेयर कारोबार रकमले भने पुनः नयाँ रेकर्ड राखेको छ ।

मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएर नयाँ रकेर्ड कायम भएकोमा बुधबार त्यसलाई तोड्दै नयाँ रेकर्ड कायम भएको हो । बुधबार ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार २ करोड ५१ लाख कित्ता भन्दा धेरै सेयर किनबेच भएका छन् ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, फाइनान्स र म्युचुअल फण्ड घने बढेका छन् । बाँकी सबै समूह घटेका छन् । बुधबार धेरै कमाउनेमा समता घरेलु लघुवित्त पहिलो नम्बरमा देखिएको छ भने रुरु जलविद्युत कम्पनी दोस्रो नम्बरमा देखिएको छ । नेपाल फाइनान्स, गोर्खाज फाइनान्स लगायतका कम्पनीको पनि सेयर मूल्य बढेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा