शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

कामको पैसा नदिएको भन्दै छुरा प्रहार गरेर हत्या, दुई जना पक्राउ


  • आइतबार, जेष्ठ २ २०७८
9.4K
SHARES

फाईल तस्बिर

मोरङको लेटाङमा शुक्रबार राति काम गरेको पैसा नदिएको झ्वाँकमा छुरा प्रहार गरेर एक युवाको हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आपसी विवादका क्रममा दुई जना युवाले छुरा प्रहार गर्दा लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले राति ८:४५ बजेतिर उनीमाथि छुरा प्रहार गरेका हुन् ।

लेटाङकै त्रिशूली चोकमा दर्जी र लिम्बूको विवाद राईसँग भएको थियो । विवादकै क्रममा दुई जनाले छुरा प्रहार गी घाइते भएका राईको उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै गर्दा उनको बाटैमा राति १०:३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गरी  फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट शनिबार बिहान पक्राउ गरेको छ । प्रहरीका अनुसार राईको हत्यामा संलग्न दर्जी र लिम्बू ट्याक्टरका मजदुर हुन् ।

उनीहरुलाई राईले नै निर्माण सामग्री ढुवानीको काममा लगाउने गरेको र लामो समयदेखि काम गरेको पैसा नदिएपछि  छुरा हानेको  उनीहरुले बयान दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा