हिमालय बैंक र नेपाल इन्भेष्टमेण्टबीच मर्जसम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
इन्भेष्टमेण्ट बैंक तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुल्सीराम गौतमले हस्ताक्षर गरेका छन् ।
यी बैंकहरू एकआपसमा गाभिएसँगै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेका छन् । मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.’ हुने र संचालक समितिको अध्यक्षको रूपमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोकशमसेर राणा रहने सहमति भएको छ ।
त्यसैगरी मर्जरपछि बन्ने बैंकको संचालक समितिमा दुवै बैंकको तर्फबाट ३/३ जना संचालक नियुक्त हुने र नयॉ संचालक समितिले एक स्वतन्त्र संचालकको नियुक्ति गरी ७ जनाको संचालक समिति निर्माण गर्ने सहमति भएको छ ।
इन्भेष्टमेण्ट चुक्ता पुँजी १६ अर्ब २६ करोड तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ गरी मर्जपश्चात बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड कायम भई सबैभन्दा बढी पुँजी भएको बैंक बन्ने छ । त्यसैगरी इन्भेष्टमेण्ट बैंकको जगेडा कोष १४ अर्ब १० करोड र हिमालयन बैंक कफ ७ अर्ब ६७ करोड रूपैयाँ रहेको छ ।
कर्जा लगानीतर्फ इन्भेष्टमेण्ट बैंक १ खर्ब ६० अर्ब ९८ करोड र हिमालयन बैंकको १ खर्ब २७ अर्ब १४ करोड र निक्षेप नेपाल इन्भेष्टमेण्ट बैंकको १ खर्ब ६८अरब र हिमालयन बैंक १ खर्ब ४३.७० अर्ब रहने बताइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।