शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सर्बसाधारणले अब यातायात कार्यलय धाउनु नपर्ने, वागमती प्रदेशमा अनलाइनबाटै सवारी साधनको राजस्व तिर्न सकिने


  • शुक्रबार, बैशाख २४ २०७८
10.3K
SHARES

फाइल तस्विर

वागमती प्रदेश सरकारले ‘विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८’ स्वीकृत गरेको छ । अपग्रेटेड भेहिकल रजिष्ट्रेशन सिष्टम (भीआरएस) सहितको ट्रान्सपोर्ट म्यानेजमेन्ट इनफरमेसन सिष्टम विकास कार्यान्वयन गर्न स्वीकृति गरिएको छ ।
कर्मचारी व्यवस्थापन गरि केही हप्ता भित्र सेवाग्राहीले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा र राजस्व भुक्तानी कार्यालयमा नपुगी लिन सक्ने छन् ।

सवारी साधन नवीकरण तथा राजस्व तिर्नका लागि घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । सवारीसाधनको राजस्वसँगै तेस्रो पक्ष बिमा रकमसमेत अनलाइनमार्फत भुक्तानी गर्न सकिने छ ।

वागमती प्रदेशभित्रका यातायात कार्यालयबाट सेवाग्राहीले आफ्नो सवारी साधन तथा सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित विभिन्न शीर्षक अन्तर्गतका राजस्व विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

यो नेपालमा पहिलो पटक अनलाइनबाट नै यातायात सम्बन्धी सबै रकम बुझाउने व्यवस्था गरिएको हो । यसबाट राजश्व संकलन गर्न सहज हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा