नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ । बिहीबार तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोलामा एक हजार एक सय रुपैयाँ वृद्धि भएको हो ।
आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदी तोलामा एक हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार तोलाको १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।