कोरोना भाईरस अहिलेको आतंक बनेको छ । मुलुक मा बन्दा बन्दीको अबस्था छ । मान्छेमा एक किसिमको मनोबैज्ञानिक त्रास रहेको छ ।
कोराना भाईरसको संक्रमणबाट बच्न स्वास्थ्य मापदण्डको पालना गर्नुनै सर्बोत्तम उपाए हो । तर मापदण्ड पालना गर्दा गर्दै पनि भाईरसले समाति गयो भने पनि आत्मबल उच्च बनाएर छुट्टै बसेर जित्न सकिन्छ । लग्ने बितिकै मरिहालिन्छ भन्ने किसिमको बनोबिज्ञानबाट धेरै त्रसीत हुनु पर्ने अबस्था छैन ।
चिकित्साशास्त्रको जर्नल द लान्सिट इन्फेक्शस डिजीजेजुमा प्रकाशित एउटा अध्ययनले सङ्क्रमण भएका व्यक्तिमध्ये झन्डै ०।६६ प्रतिशतको मृत्यु हुने अनुमान गरेको छ।
यो मृत्युदर मौसमी फ्लू अर्थात् रुखाखोकीबाट हुने मृत्युदरभन्दा धेरै हो।
विश्वभरि मौसमी रुघाबाट पीडित झन्डै ०।१ प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ।
तर कति व्यक्ति सङ्क्रमित भएका छन् त्यसको तथ्याङ्क उपलब्ध नभएसम्म कोभिड(१९ को मृत्युदर यही हो भनेर निर्क्योल गर्न सकिँदैन।
फरक उमेर समूहका व्यक्तिमा फरक मृत्युदर देखिएको छ।
इम्पीरीअल कलेज लन्डनको अनुमानअनुसार ८० वर्षभन्दा माथिका कोभिड(१९ बिरामीको मृत्युदर औसतभन्दा १० गुना बढी र ४० वर्षमुनिका बिरामीमा धेरै कम हुन्छ।
चीनमा ४४,००० बिरामीको अभिलेखको अध्ययन गर्दा मधुमेह, उच्च रक्तचाप वा मुटु वा फोक्सोको समस्या भएका बिरामीको कोरोनाभाइरसका कारण मृत्यु हुने सम्भावना कम्तीमा पाँचगुना बढी पाइयो।
त्यसकारण सकेसम्म स्थास्थ्य मापदण्ड पुरा गरेर संक्रमणबाटनै बच्न सकिन्छ भने संक्रमण भै गयो भने पनि उच्च मनोबलका शाथ चिकित्सकको निगरानिमा बसेको खण्डमा सजिलै संग कोरोनालाई जित्न सकिन्छ ।
-बिबिसीको सहयोगमा