शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

निषेधाज्ञा लम्बिने संकेत देखिएसँगै बैंकमा नगद झिक्नेको चाप बढ्यो


  • मंगलबार, बैशाख २१ २०७८
14.9K
SHARES

फाईल तस्बिर

निषेधाज्ञा लब्बिने संकेत देखिएसँगै औषधि उपचार गर्न र अत्यावश्यक बस्तु खरिद गर्न थालेपछि बैंकमा नगद मागको चाप बढेको छ । जिल्ला प्रशासन कार्यालयहरुले अझै केही साता कठिनको सामना गर्नु पर्ने बताएसँगै बैंकमा नगद माग बढेको हो।

निषेधाज्ञा सुरु हुनुअघि बैंकमा राख्न जानेको चाप बढी थियो भने निषेधाज्ञा लब्बिने संकेत देखिएसँगै अहिले बैंकबाट नगद झिक्ने बढी देखिएको हो ।

निषेधाज्ञा पछिका सुरुका दिन सीमित बैंकिङ सेवा मात्र खुल्ने भएपछि नगद झिक्नेको चाप हुने अनुमान बैंकका कर्मचारीले गरेका थिए । त्यही अनुमान अनुसार नै अहिले नगदको माग बढी रहेको बैंकका कर्मचारीहरु बताउँछन् ।

नागरिकले औषधि उपचारदेखि दैनिक उपभोग्य बस्तु खरिदका लागि इन्टरनेट बैंकिङ, एटिएम र नगद रकम समेत झिकिरहेका छन् । जुनसुकै बेला इन्टरनेट बैंकिङ सेवा, एटिएमबाट जतिवेला पनि खुल्ने तथा भएपनि बैंकबाट नगद झिक्नेको चाप पनि केही दिनयता बढेको बैंकका कर्मचारीहरु बताउँछन् ।

कोरोना भाइरसका कारण बैंकका शाखा निकै कम र न्यून कर्मचारीबाट सञ्चालित छन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाले एक चौथाइ शाखा खोलेर एक चौथाइ कर्मचारी मार्फत सेवा दिन थालिसकेका छन् । धेरैजसो ग्राहक नजिकको बैंक शाखामा पुगेर नगद झिकिरहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा