मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

साताको पहिलो दिन यस्तो छ सुन चाँदीको भाउ


  • KTM Khabar
  • आइतबार, बैशाख १९ २०७८
10.1K
SHARES

तस्विरः फाइल

साताको पहिलो दिन सुनको भाउ बढेको छ । बैशाख १९ गते, आइतबार छापावाला सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर ९० हजार रुपैयाँ कारोबार मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा नौ सय रुपैयाँले घटेर छापावाला सुन ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघले आजका लागि तेजावी सुनको भाउ ८९ हजार पाँच सय रुपैयाँ तोकेको छ ।

आज चाँदीको भाउमा कुनै घटबढ भएको छैन। शुक्रबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पनि उस्तै छ ।

सामान्य अवस्थामा देशभर दैनिक २० देखि ४० किलो सुनको कारोबार हुने गरेको भएपनि कोभिड माहामारीको दोस्रो लहका कारण अहिले सुनको कारोबार निकै आरालो झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा