शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

९ महिनामा बैंकहरूको नाफा ५० अर्ब ७४ करोड


  • बुधबार, बैशाख १५ २०७८
15.2K
SHARES

फाईल तस्बिर

वाणिज्य बैंकहरुको नाफा बढेको छ।

साउनदेखि चैत मसान्तसम्म नौ महिनामा २७ वाणिज्य बैंकहरूले कुल ५० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा (कर छुट्याएपछि) कमाएका छन्।

समग्रमा बैंकहरूको नाफा गत वर्षको यसै अवधिको तुलनामा ६ अर्ब ७ करोड रूपैयाँ अर्थात १३.५ प्रतिशत बढेको छ। गत वर्ष यसै अवधिमा ४४ अर्ब ७० करोड रूपैयाँ खुद नाफा कमाएका थिए।

नाफाका आधारमा नबिल बैंकले सबैलाई जितेको छ। नबिलले नौ महिनामै तीन अर्ब ६७ करोड रूपैयाँ खुद नाफा कमाएको छ। नबिलसँगै ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य र एनआइसी एसिया तीन अर्बभन्दा बढी कमाउनेमा परेका छन्।

२७ मध्ये छ बैंकको नाफा घटेको छ। एभरेष्ट, हिमालयन, स्टान्डर्ड चार्टर्ड, एनसिसी, एसबिआई र सेन्चुरीको नाफा घटेको हो। बाँकी २१ बैंकको नाफा बढेको छ।

वृद्धिदरका आधारमा एनएमबी सबभन्दा अगाडि छ। बैंकले ८८ प्रतिशत नाफा बढेको विवरण देखाएको छ। घट्नेमा सेन्चुरी बैंकको सबभन्दा धेरै, ६१ प्रतिशत घटेको छ।

कुन बैंकको नाफा कति ?


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा