शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

सिद्धार्थ बैंकको खुद नाफा २ अर्बभन्दा बढी


  • मंगलबार, बैशाख १४ २०७८
20.9K
SHARES

फाइल तस्बिर

सिद्धार्थ बैंक लिमिटेड (SBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकले २ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ६ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५४.१२ प्रतिशत बढी हो।

खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी बढेको र निष्क्रिय कर्जा घटेका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.०३ प्रतिशत घटेको छ। तर, सो अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १९.८२ प्रतिशत र सञ्चालन मुनाफा ५०.७५ प्रतिशत बढेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८३ करोड १४ लाख रुपैयाँ पुगेको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ३७ पैसा बढेर २५ रुपैयाँ २८ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ८९ पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष ४४.२५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २३.४२ प्रतिशत र कर्जा २३.८६ प्रतिशत बढेको छ।

गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा १.३६ प्रतिशतविन्दु घटेर ०.८८ प्रतिशतमा झरेकाे छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा