आइतबार, भाद्र २१ २०८३
ताजा अपडेट

सेयर बजारमा ७५ अंकको पहिरो, घट्यो ज्योति लाइफ इन्स्योरेन्सको मूल्य


  • आइतबार, बैशाख १२ २०७८
14.6K
SHARES

फाइल तस्बिर

साताको पहिलो दिन आइतबार सेयर बजारमा ७५ अंकको पहिरो गएको छ। ७५.७९ अंक घटेसँगै नेप्से परिसूचक २५७२ अंकमा कायम भएको छ।
यस दिन कारोबार रकम भने केही बढेको छ। कुल ७ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

यस दिन बैंकिङ ४२, ब्यापार ११३, होटल तथा पर्यटन २२०, विकास बैंक ८६, जलविद्युत ११२, फाइनान्स ४३, निर्जीवन बीमा ४४०, उत्पादन १३६, अन्य ४७, माइक्रोफाइनान्स १६०, जीवन बीमा ४६० र लगानी समूह ३ अंकले घटेका छन्।

महिला लघुवित्त र विशालबजार कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ। आजको कारोबारपछि महिला लघुवित्तको मूल्य प्रतिकित्ता २१३६ र बिशाल बजारको ३४८४ रुपैयाँ कायम भएको छ। तीसहित कुल ७ कम्पनीबाहेक सबैको मूल्य यस दिन घटेको छ।

अघिल्लो दिनसम्म १० प्रतिशतले बढेको ज्योति लाइफ इन्स्योरेन्सको मूल्य आज घटेको छ। कम्पनीको मूल्य आज ३.८ प्रतिशतले घटेर प्रतिकित्ता ८७३ रुपैयाँ कायम भएको छ।

पछिल्लो पटक खुलेका जीवन बीमा कम्पनीमध्ये ज्योतिको वित्तीय स्थिति बलियो नै छ। कम्पनीको मूल्य १ हजार नाघ्ने चर्चाका वावजुत आजदेखि मूल्य घटेको हो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा