शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

सीईडीबी हाइड्रोको आईपीओ आउँदै


  • बुधबार, बैशाख ८ २०७८
8.8K
SHARES

फाइल तस्विर

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले धितोपत्रबोर्डबाट आईपीओ जारी गर्न अनुमति पाएको छ । जसअनुसार ८३ लाख ९४ हजार १०० कित्तामध्ये ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधरणलाई बिक्री गर्न लागिएको हो ।

कम्पनीले यही वैशाख १७ गतेदेखि आईपीओ जारी गर्ने बताएको छ । कम्पनीले २५ करोड १८ लाख २३ हजार रूपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता सेयर निष्कासन गर्न लागेको हो । सर्वसाधरणका लागि बिक्री गरिने कूल सेयरमध्ये दुई प्रतिशतका दरले ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि र पाँच प्रतिशत सामूहिक लगानी कोषलाई छुट्याइएको कम्पनीले जानकारी दिएको छ ।

सीईडीबी हाइड्रोपावरले आर्थिक वर्ष २०७८/७९ मा चुक्तापुँजी ८८ करोड १३ लाख ८० हजार पुर्‍याउने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ १३८ दशमलव ७९ रहेको छ ।

यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल बैंक नियुक्त गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा