शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

सानिमा लाइफ इन्स्योरेन्सले थाल्यो आइपीओ निष्काशनको तयारी


  • सोमबार, चैत्र ३० २०७७
15.8K
SHARES

फाइल तस्विर

सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रकृया अघि बढाएको छ।

कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको हो।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ पनि गराइसकेको छ । केयर रेटिङ नेपालले कम्पनीको आईपीओलाई त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ।

उक्त रेटिङले कम्पनी वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउछ।

कम्पनीको आईपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा