शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से


  • मंगलबार, चैत्र २४ २०७७
14.7K
SHARES

फाईल तस्बिर

साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १५.७२ अंक अर्थातः शून्य दशमलव ५९ प्रतिशतले बढेको छ । यो साता निरन्तर बढिरहेको परिसूचकले हरेक दिन उच्च विन्दुको रेकर्ड समेत राखिरहेको छ ।

मंगलबार नेप्से १६७४.४७ विन्दुमा पुगेर रोकिएको छ । मंगलबार होटेल र पर्यटन, विकास बैंक, जलविद्युत्, निर्माण तथा उत्पादन, लघुवित्त, म्यूचअल फण्ड र लगानी समूहका लगानीकर्ताहरुले कमाएका छन् । मंगलबार बैंकिङ, व्यापार, वित्त, निर्जीवन बीमा, जीवन बीमा र अन्य समूहका लगानीकर्ताले भने गुमाएका छन् ।

तेस्रो दिन लगातार वृद्धि हुने क्रममा आज चार वटा कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । मंगलबार कारोबार रकम समेत सोमबारकै हाराहारीमा भएको छ । आइतबार ९ अर्ब भन्दा माथिको कारोबार भएकोमा सोमबार कारोबार ७ अर्ब २९ करोड ६७ लाख रुपैयाँको थियो । मंगलबार कोरोबार रकम समेत वृद्धि भई ७ अर्ब ४७ करोड ७७ लाख रुपैयाँ बराबरको भएको छ । मंगलबार कुल २१३ कम्पनीको कारोबार भएको छ । यस दिन ८१ हजार ७ सय ५३ कारोबार अंकबाट १ करोड ६१ लाख ८ हजार ४ सय ९९ कित्ता शेयर किनबेच भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा