शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

झिनो अंकले बढ्यो नेप्से परिसूचक


  • सोमबार, चैत्र २३ २०७७
11.2K
SHARES

फाईल तस्बिर

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार नेप्से परिसूचकमा झिनो अंकको सुधार देखिएको छ । लगातार दोस्रो दिन बढ्ने क्रममा सोमबार १.१३ अंक अर्थातः शून्य दशमलव ०४ प्रतिशतको वृद्धि भएको छ । यद्यपि आइतबारको तुलनामा कारोबार रकममा भने सोमबार केही गिरावट आएको छ । आइतबार २५.७१ अंकले बढेर २६५७.६१ विन्दुमा पुगेर रोकिएको नेप्से सोमबार २६५८.७८ विन्दुमा पुगेको छ ।

सोमबार बैंक, विकास बैंक, वित्त, निर्जीवन बीमा, जीवन बीमा र लगानी समूहका लगानीकर्ताले गुमाएका छन् । व्यापार, होटेल र पर्यटन, जलविद्युत्, निर्माण तथा उत्पादन, लघुवित्त, अन्य र म्यूचअल फण्डका लगानीकर्ताले भने सोमबार कमाएका छन् ।

सोमबार चार वटा कम्पनीको सर्किट लेवलमा कारोबार भएको छ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, राधी विद्युत् कम्पनी, वामी माइक्रोफाइनान्स वित्तीय संस्था र सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको मूल्यमा ९ प्रतिशत भन्दा माथिको वृद्धि भएको छ । सोमबार गुर्खाज फाइनान्स, श्री इन्भेष्मेन्ट फाइनान्स कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था र सप्तकोशी विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

सोमबार कुल ७ अर्ब २९ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । आज कुल २१२ कम्पनीका ७३ हजार ५ सय ९८ कारोबारबाट १ करोड ५८ लाख ५३ हजार ९ सय ९३ कित्ता शेयर किनबेच भएको छ ।

सोमबार अपर तामाकोशी, आईएमई जनरल इन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हिमालयन जनरल इन्स्योरेन्स र नेपाल दूरसञ्चार कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा