ललितपुरको कुमारीपाटीमा रहेको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठ पक्राउ परेका छन्। प्रहरीले शनिबार उनलाई चितवनबाट पक्राउ गरी ललितपुर ल्याएको महानगरीय प्रहरी परिसर ललितपुर स्रोतले जनाएको छ।
गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए। प्रहरीका अनुसार उनी १५-१६ दिनदेखि फरार थिए।
उनी दिनमै दुई-तीन ठाउँ फेर्दै लुकिरहेका थिए। हिजो चितवनबाट पक्राउ गर्यौं,’ ललितपुर प्रहरी स्रोतले भने।
उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरमा म्याद थप गर्न लगिएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।