शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो


  • मंगलबार, चैत्र १७ २०७७
16.4K
SHARES

फाईल तस्बिर

सोमबार ५ अंकले घटेको सेयर बजार मंगलबार भने दोहारो अंकले बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव १५ अंकले बढेर २ हजार ५ सय ७५ दशमलव ६६ अंकमा पुगेको छ ।

उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव १९ अंकले बढेर ४५६ दशमलव १० अंकमा पुगेको छ । परिसूचकसँगै कारोबार रकममा पनि सोमबारको तुलनामा मंगलबार वृद्धि भएको छ ।

कारोबार रकम ६ अर्ब नाघेको छ । सोमबार ४ अर्ब ४१ करोड हाराहारीमा मात्रै सेयर कारोबार भएको थियो । दिनभर भएका ६८ हजार ६ सय ४५ कारोबारबाट २०९ कम्पनीका १ करोड २२ लाख ९ हजार ९ सय ७६ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४ सय ९८ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

नेप्सेमा कारोबार हुने व्यापार र उत्पादन समूहको सबइन्डेक्स भने घटेर रातो देखिएको छ भने बाँकी सबै समूहहरु बढेर हरियाली छाएका छन् । मंगलबार धेरै कमाउनेमा वोमी माइक्रोफाइनान्स पहिलो नम्बरमा देखिएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १०३ रुपैयाँले बढेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा