शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

दोहोरो अंकले घट्यो सेयर बजार


  • बिहिबार, चैत्र १२ २०७७
11.9K
SHARES

फाईल तस्बिर

साताको अन्तिम कारोबार बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावगट आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकम भने बुधबार भन्दा सुधारियो ।

समग्रमा बजार घटे पनि नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने व्यापार, होटल तथा पर्यटन र लगानी समूहको सव इन्डेक्स भने बढेको छ । बिहीबार धेरै बढ्नेको शिर्ष स्थानमा चन्द्रागिरी हिल्स लिमिटेड देखिएको छ ।
यसको सेयर मूल्य बिहीबार १० प्रतिशतले बढेर २ हजार ७९ रुपैयाँ पुगेको छ ।

बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २१ दशमलव २९ अंकले घटेर २ हजार ५ सय ४८ दशमलव ९७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेसक्स पनि ५ दशमलव ५७ अंकले घटेको छ ।

दिनभर भएका ७२ हजार ३३४ कारोबारबाट २०८ कम्पनीका १ करोड २१ लाख ३४ हजार ३५७ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब ५० करोड ८ लाख ६ हजार ४० रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा