शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेप्से परिसूचक २४ अंकले घट्यो


  • सोमबार, चैत्र ९ २०७७
14.3K
SHARES

फाईल तस्बिर

साताको दोस्रो दिन सोमबार सेयर बजार ओरालो लागेको छ । आइतबार ६३ अंकले बढेको सेयर बजार सोमबार भने २४ अंकले घटेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक २४३ दशमलव ०८ अंकले घटेर १ हजार ५ सय १४ दशमलव ३९ अंकमा झरेको छ । आइतबार पौने ६ अर्ब रकम बराबरको कारोबार भएपनि सोमबार कारोबार रकम पनि ५ अर्ब ३५ करोडमा रोकियो ।

नेप्सेमा कारोबार हुने होटल तथा पर्यटन र हाइड्रोपावर बाहेकका सबै समूह घटेका छन् । यी दुई समूहहरु होटल ३.४७ प्रतिशत र हाइड्रोपावर ४.७९ प्रतिशतले बढेको छ । हाइड्रोपावरमा सबैभन्दा धेरै माथिल्ले तामाकोशीका लगानीकर्ताहरुले कमाएका छन् भने होटल तथा पर्यटनमा चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताहरुले कमाएका छन् ।

केही दिन यता लगातार सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै आएको चन्द्रागिरि सोमबार पनि ९.९९ प्रतिशत अर्थात १४३ रुपैयाँले बढेर १ हजार ५ सय ६३ रुपैयाँमा पुगेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा