शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बमबहादुर मिश्र र नीलम ढुंगाना डेपुटी गभर्नरमा नियुक्त


  • मंगलबार, फाल्गुन २५ २०७७
13.1K
SHARES

फाईल तस्बिर

मुलुकको केन्द्रीय बैंकको दोस्रो ठूलो पद डेपुटी गभर्नरमा नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन् । मंगलबार बसेको मन्पिरिष बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

डेपुटी गभर्नर बनेकी ढुंगाना हाल सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख हुन् । डेपुटी गभर्नरको एउटा कुर्सी समावेशी बनाउने सन्दर्भमा पनि उनलाई बलियो स्पर्धी मानिएको थियो । बमबहादुर मिश्र विदेशी विनियम विभाग प्रमुख रहेका कार्यकारी निर्देशक हुन् ।

पाँच वर्ष अघि डेपुटी गभर्नर नियुक्त भएका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको म्याद आगामी १९ फागुनमा सकिएको थियो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाट २ जनालाई गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्छ । राष्ट्र बैंकमा रहेका १७ जना कार्यकारी निर्देशकमध्ये ६ जनालाई प्रतिस्पर्धीका रुपमा हेरिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा