शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

व्यवस्थित अनलाइन कक्षा सञ्चालनका आधारहरु


  • शनिबार, असोज ३ २०७७
37.7K
SHARES

कोभिड–१९ महामारीले आक्रान्त भइरहेको विश्व परिवेशमा प्रबिधि वरदान साबित भएको छ। अहिले यस्तो कुनै क्षेत्र छैन जसलाई कोभिड –१९ ले असर नगरेको होस् । त्यसमा पनि शैक्षिक क्षेत्र धेरै प्रभावित भएको छ । विश्वभर करोडौँको संख्यामा बालबालिकाहरु विद्यालय जानबाट वञ्चित छन् तथापि विद्यालयका ढोकाबन्द रहे पनि पठनपाठन सुचारु र नियमित गर्न सकिन्छ र केही हदसम्म भएपनि रहेका छन् ।। यसको सबैभन्दा बलियो आधार प्रबिधि नै हो।
यस बिषम परिस्थितिलाई अवसरमा परिणत गर्नु पर्दछ । नेपाल जस्तो विकाशील देशले सूचना प्रबिधिको विस्तार र पहँुच गाउँगाउँसम्म पुर्याउन सके देश विकासमा ठुलै फड्को मार्न सकिनेछ । यो बेला सबै बिद्यालय, समुदाय (विद्यार्थी, शिक्षक,शिक्षिका, अभिभावक, सरोकारवाला ) लाई प्राबिधिको माध्यमबाट जोड्ने र सुसज्जित गर्ने अवसरलाई गुमाउनु हुँदैन ।

जब सूचना प्रबिधिका आधारहरु जस्तै कम्प्युटर, इन्टरनेट, रेडियो, टेलिभिजन आदिको सहज उपलब्धता प्रदान गर्न सकिन्छ तब मात्र अनलाइन कक्षाको कुरा सम्भव हुन्छ। हाल नेपालको सन्दर्भमा अनलाइन कक्षा विल्कुलै नयाँ प्रयोग हो । विद्यार्थी, शिक्षक, शिक्षिका, अभिभावक सबै सिकाइको चरणमा रहेकाले यसमा धेरै समस्याहरु रहेका छन। इन्टरनेटको पहुँचभएको ठाउँमा विद्यालय तथा विश्वविद्यालयहरुले कक्षा त गरिरहेका छन् तथापि यी प्रभावकारी हुन सकिरहेका छैनन् । यसको प्रमुख कारण शैक्षिक संस्थासँगप्रत्यक्ष रुपमा जोडिएका समुदायमा नै प्राबिधिक ज्ञानको कमी हो। कम्पुटर, स्मार्ट फोन आदिको माध्यमबाट कक्षाहरु त सञ्चाल नभएकै छन् तर किताबका पाना फोटो खिचेर शेयर गर्ने, शिक्षक शिक्षिकाले एकोहोरो लेक्चर दिने, त्यस पछि पेज नम्बर यतिबाट यतिसम्म गर भन्ने तरिका उही पुरानो छ। हालको अनलाइन कक्षाबाट विद्यार्थीहरुले नयाँ कुरा पाएको अनुभूति गर्न पाएका छैनन् ।

अबको बाटो:
सर्वप्रथम त शिक्षक, शिक्षिका, विद्यार्थी र अभिभावकले प्रबिधि नबुझी अनलाइन कक्षा त्यती प्रभावकारी हुनै सक्दैन। शिक्षक शिक्षिकाले नबुझ्दा शिक्षण सिकाइ प्रभावकारी हुँदैन । विद्यार्थीले राम्रोसँग नबुझे सिकाइ प्रभावित हुन्छ र अभिभावकले नबुझ्दा बच्चालाई अप्ठेरो पर्दा सहयोग गर्न सक्दैनन् । तसर्थ विद्यार्थीहरुले हुन सके सामूहिक नत्र एकल प्रयासमा उल्लिखित समुदाय लक्षित व्यापक प्रबिधि अभिमुखीकरण तालिम अनलाइनकै माध्यमबाट प्रदान गर्नु पर्दछ । अनलाइन कै माध्यमबाट प्रबिधि बुटक्याम्प गर्न सकिन्छ।

अनलाइन कक्षालाई नभई नहुने माध्यम भनेको भिडियो कन्फ्रेसिङ टुल हो । तसर्थ सर्व प्रथम कुन भिडियो कन्फ्रेसिङ टुलका के केविशेषता छन् बुझ्ने, छनोट गर्ने र कसरी धेरै सदुपयोग गर्ने भनेर ज्ञान दिनु जरुरी छ। नत्र गाउँगाउँमा स्मार्ट फोन पुगेका छन् तर तिनको प्रयोग फेसबुक चलाउन, गीत सुन्न र फोन गर्न बाहेक अन्य धेरै सम्भव भएका कुरा गर्न नसकिएको जस्तै हुनेछ ।

हाल प्रचलित भिडियो कन्फ्रेसिङ टुलहरुमा जुम , गुगल मिट र माइक्रोसफ्ट टिम रहेका छन् । यिनका धेरै राम्रा राम्रा विशेषताहरु छन् जसलाई पूर्ण रुपमा प्रयोग गरिएको छैन ।
जुमको राम्रो पक्ष भनेको यो ४० मिनेटका लागि निशुल्क उपलब्ध छ । यसमा च्याट बक्स, हात उठाउने, विद्यार्थीहरुलाई ससाना टिममा विभाजन गर्ने सुबिधा छ।
गुगल मिट पनि निशूल्क उपलब्ध छ। यसको राम्रो पक्ष भनेको गुगलका सबै एप्लिकेसनहरु निशूल्क उपलब्ध छन् । गुगल मिट गुगल क्लासरुममा समायोजित छ।
त्यसैगरी माइक्रोसफ्ट टिमको सबैभन्दा राम्रो पक्ष भनेको च्याट बक्समा भएको कुराकानी सुरक्षित गर्न सकिन्छ ।
माथि उल्लेखित सबै भिडियो कन्फ्रेसिङ टुलमा माइक्रोफोन, स्क्रिन सेयरका लागि क्यामेरा र च्याट बक्स छन् । यिनीहरुमध्ये कुनै एकको राम्रो प्रयोग गर्न जाने मात्रै पनि अनलाइन कक्षालाई धेरै व्यवस्थित गर्न सकिन्छ । ससाना बालबालिकाको हकमा अभिभावक पनि सुसूचित हुन जरुरी छ। ४, ५कक्षाभन्दा माथिका विद्यार्थीहरु धेरै प्रबिधि मैत्री छन । उनीहरुलाई एक पटक गाइड गरिदिए पुग्छ।

भिडियो कन्फ्रेसिङलाई कसरी व्यवस्थित गर्नेः
अनलाइन कक्षामा भिडियो कन्फ्रेसिङ कोठानै तपाईंको कक्षाकोठा हो र सहभागी तपाईंका विद्यार्थी हुन् । एउटा शिक्षकका लागि कक्षा व्यवस्थापन अत्यन्तै महत्वपूर्ण हुन्छ । निम्न कुराहरु पालना गराएर भर्चुअल कक्षा व्यवस्थित गर्न सकिन्छ :

दोहोरो संवाद आवश्यक नभएको समयमा माइक्रो फोन मिउट गर्न लगाउने ।
क्यामेरा अनिवार्य रुपमा खोल्न लगाउने ।
च्याट बक्समा अन्तर्कि्रया गराइ रहने ।
च्याट बक्सको प्रयोग कसरी गर्ने?
विद्यार्थी कक्षा प्रवेश गर्ने वित्तिकै “ हियर“ टाइप गर्न लगाउने ।
हलपासः यदिविद्यार्थीलाई रेस्टरूम वाअन्य ब्रेक चहिएमा ‘हलपास’ टाइप गरेर मात्र जान दिने ।
ब्रेक सकिएर पुनः प्रेवेश गर्दा ‘आइएमब्याक’ लेख्न लगाउने ।
कुनै पनि प्रश्न भए च्याट बक्स मै लेख्न लगाउने ।
शिक्षकले च्याट बक्स चेक् गरिरहने ।
यसो गर्दा कक्षामा के भइरहेको छ भन्ने जानकारी पाउन सकिन्छ ।
कक्षा सकिएपछि च्याट बक्समॉबाइ’ लेख्न सिकाउने ।
सिधै कक्षा छोड्दा विनम्रता झल्किदैन ।
कक्षा सकिए पछि रेकर्डमार्फत च्याटको विवरण चेक गरी हाजिर लिन सकिन्छ । यसबाट कुनविद्यार्थी सधैँजसो ब्रेक लिन्छ, कक्षामा कति सक्रिय छ, ‘हियर’ कुन कुन विद्यार्थीले टाइप गरेका छन् भन्ने हेर्ने वित्तिकै हाजिर आइहाल्यो। यसले हाजिर गर्ने समयको बचत हुन्छ । उक्त समय पठन पाठ्नमा लगाउन सकिन्छ।

कक्षा सुचारु गर्नु अगाडिनै विद्यार्थीले पालना गर्नु पर्ने अनिवार्य सर्तहरु निर्धारित गरी विद्यार्थी सामु पुर्याउने:
जस्तै विद्यार्थीले कक्षामा अनिवार्य उपस्थित हुने र सक्रिय सहभागीता जनाउने ।
स्क्रिन अगाडि बस्ने, सामान्य औपचारिकता निर्वाह गर्ने (कपाल कोर्ने, राम्रो लुगा लगाउने, सम्भव भए विद्यालय पोशाक लगाउने) । यसो गर्दा स्कुल गएको अनुभूति हुन्छ । यही नियम शिक्षक शिक्षिकाको हकमा पनि लागु हुन्छ । विद्यार्थीलाई अनिवार्य रुपमाकापी, किताब, पेन्सिल, साप्नर, इरेजर साथमा राख्नलगाउने (कतिपय विद्यार्थी कक्षा सुरु भएपछि यस्ता सामग्री लिन जान्छन् जसले पढाइको निरन्तरतालाई भंग गर्छ)।

ब्रेक लिँदा अनिवार्य रुपमा“हलपास“ लेख्न लगाउने ।

शिक्षकले निर्देशन नदिएसम्म मिउट नै बस्न लगाउने । घरबाटै पढाइ गरिने हुँदा पछाडिबाट आउने आवाजले कक्षामा अवरोध प¥ुयाउँछ ।

च्याट बक्सको उचितप्रयोगगर्ने तरिका सम्झाइरहने

सिकाइ व्यवस्थापन प्रबिधि:
उचित शिकाइ व्यवस्थापन प्रणाली छनौट र ज्ञानको अभावमा पनि अनलाइन कक्षा प्रभावकारी बन्न सक्दैन। गुगल क्लास रूम, स्कुलोजि र क्यान्भास हाल विश्वमा प्रचलित सिकाइ व्यवस्थापनका आधार हुन् । यिनीहरु धेरै उपभोक्ता मैत्री छन् । गृहकार्य व्यवस्थित गर्न, रेकर्ड राख्न, परीक्षा गर्न, ग्रेडिङ गर्न, गृहकार्य परीक्षण गर्न, सूचना प्रवाहगर्न, शैक्षिक सामाग्रीहरु विद्यार्थीमाझ पु¥याउन, हाजिर गर्न, प्रोजेक्ट कार्य गर्न लगायतका धेरै काम गर्नु यिनीहरुका साझा विशेषता हुन् । यिनीहरु निशुल्क उपलब्ध छन् । यिनीहरुमा गरेका सबै कार्यहरु सुरक्षित रहन्छन् र पुनः प्रयोगमा ल्याउन सकिन्छ।
यिनीहरुको उचित प्रयोगबाट पेपर लेस स्कुलिङमा जान सकिन्छ जसले विद्यार्थीलाई कापी किताबको भारीबाट मुक्त राख्न सक्छ । स्कुल खुले पनि यिनीहरु मध्ये कुनै एकको प्रयोगबाट पनि पेपर लेस सिस्टम बसाउन सम्भव छ । प्रबिधिको प्रयोगमा उचित रफ्तार लिने हो भने हाम्रा बालबालिका पनि अबको केही वर्षमै एउटा आइप्याड तथा ल्यापटप वाम्याप बुक बोकेर स्कुल जाने छन् । यो अभियान तलदेखि माथिसम्म अर्थात् गाउँदेखि सहरसम्म पुग्न जरुरी छ। किनकि विकासको उचित अवधारणा पनि यही नै हो । यस लक्षमा पुग्न गाउँ–गाउँ इन्टरनेट , सूचना प्रबिधि र सामग्री अनुदानमार्फत सरकारी, निजी क्षेत्र हातेमालो गर्दै विपन्न वर्ग समक्ष पु¥याउन सकेमा यो दिन टाढा छैन। किनकि सहरमा यी चिजहरु हाल पनिउपलब्ध छन् । यिनको समुचित प्रयोगको मात्र खाँचो छ ।
सफ्ट स्किल डेभलोप्मेन्ट:
अर्को चरणमा शिक्षक शिक्षिका तथा विद्यार्थीहरुलाई इन्टरनेटको माध्यमबाट खोज अनुसन्धान गर्ने, यस्ता सामग्रीलाई पावर पोइन्टमा प्रेजेन्टेसन निर्माण, डिजाइन तथा प्रस्तुतगर्न सिकाउनु जरुरी छ । यसका साथै विद्यालय स्तरमै अफिस प्याकेजका सफ्टवेरहरु जस्तै एक्सेल, एमएस वर्ड, टाइपिङ स्किल आदिको पनि जानकारी गराउँदै पोड कास्टिङ , ब्लग निर्माण , युटुब च्यानल निर्माण गरी शैक्षिक सामग्री आदन प्रदान गर्ने सिपको विकास गर्नु पर्दछ ।
राम्रो पक्ष के छ भने खुला शैक्षिक सामग्री उपलब्ध गराउने धेरै साइडहरु इन्टरनेटमा भेटिन्छन् । युटुबमा भेटिने शैक्षिक सामग्रीहरु, खान एकेडेमी, गुगल सर्चमा उपलब्ध शैक्षिक सामग्रीहरु, क्याम्रिज, अक्स्फोर्ड, विश्वविद्यालय, ब्रिटिस काउन्सिल आदिले निशूल्क रुपमा उपलब्ध गराएका शैक्षिक सामग्रीहरु खोज तथा उपभोग गर्न सिकाउनु पर्छ। ‘शिक्षा सबैका लागि’ भन्ने मूलमन्त्रबाट प्रमाणित भएर विश्वका धेरै मुलुक र संस्थाहरुले निशूल्क शैक्षिक सामग्री उपलब्ध गराउँछन् । हजारौँ डलर पर्ने पुस्तक, सफ्ट्वेर, शैक्षिक सामग्रीहरु अनलाइनमा उपलब्ध छन् । त्यसको पहुँचमा कसरी पुग्ने र सुरक्षित उपभोग कसरी गर्न सकिन्छ भन्ने तालिम दिनु जरुरी छ।
यसका साथै साइबर इथिक्स, साइबर क्राइम, बौद्घिक चोरी के हो ? भन्ने जानकारी दिनु अर्को आवश्यकता हो ।
अनलाइन कक्षालाई अझै परिष्कृत गर्दै लैजान बिषयगत शैक्षिक प्रबिधि वा एप्लिकेसनहरुको प्रयोगमा जोड दिनु पर्दछ ।
अङग्रेजीको हकमा हुप्ला एन्ड ओबर ड्राइभ, खान एकेमेडी आदि प्रयोग गर्न सकिन्छ ।
हिसाबका लागि एड पजल, पियर डेक्स, जिवोजेब्रा, डेल्टा म्याथ, खान इत्यादि ।

विज्ञान बिषयका लागि:
डिस्कभरी एजुकेसन, निउसेला, एक्टिभ्ली लर्न, जिज्मोस, फेट सिमुलाइजेसन, प्लेपोसिट, टेड एड, अंमिवा सिस्टर भिडियो, एड पजल, सि स, फिल्प ग्रिड अन्य ।
बिज्ञानका लागि केहीउ पयोगी युटुब च्यानलहरु:
अंमिवासिस्टर, बोजेमान साइन्स,क्रस कोर्स, सि स
विद्यार्थीका लागि मन पर्ने अनलाइन सामाग्रीहरु:
दकन्कोर्ड कन्जोडिट्यम
फेट
लर्न जेनेटिक्स
माथि उल्लेखित सर्तहरु पालना गरे, गराए अनलाइन कक्षा निकै व्यवस्थित गर्न सकिन्छ।

(लेखक दुर्गा प्रसाद दाहाल दिक्षालय नेपाल स्कूलमा आवद्ध छन्।)


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा