साताको अन्तिम दिन सुनको मुल्यमा गिरावट आएको छ । नेपाली बजारमा शनिबार सुनचाँदीको मुल्य निर्धारण नहुने भएकाले शुक्रवार कायम भएको मुल्यमा नै शनिबार कारोबार हुने गर्दछ ।
आज सुनको मुल्य अघिल्लो दिनको तुलनामा तोलामा ३ सयले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार (आज) छापावाल सुनको मुल्य तोलाको ९६ हजार ५ सय र तेजावी सुनको मुल्य ९६ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मुल्य अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैंया घटेर आज १३ सय १० मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।