शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सरकारी आँखामा परित्यक्त निजी विद्यालय


  • शुक्रबार, असार २६ २०७७
28.3K
SHARES

मानविय चेतनाको विकास संगै गुरुकुलिय शिक्षा प्रारम्भ भएको हो । हाम्रो मुलुकमा यो प्रणालीको विकास मल्लकालमा उल्लेखनिय रहेको देखिन्छ । गुरुकुलिय शिक्षा प्रणालिको विकसितरुप नै आजको आधुनिक शिक्षा पद्धति हो । आजको शिक्षा पद्धति यहाँ सम्म आईपुग्न सोझो र सरल बाटोबाट आईपुगेको भने पक्कै होईन । सैंयौ वर्षको यात्रा तय गर्दै, अनेकौं चुनौती र असहजताहरुलाई चिर्दै आज शिक्षा पद्धती आधुनिक शिक्षा पद्धतिको रुपमा आईपुगेको छ । मानव सभ्यता संगै अझै यसले परिकृत र परिमार्जन हुँदै लामो दूरीको अनन्त यात्रा गर्नु पर्ने छ । मानवीय सभ्यताको सुरुआती चरणमा कृषि युगको प्रारम्भ भयो । यो युगमा शिक्षा प्रणालीको आधारभूत चरित्र पनि कृषि संग अन्तर्रसम्बन्धित रह्यो । बिस्तारै मानवीय सभ्यताले औद्योगिक प्रणालीलाई आत्मसात गर्यो। संसरकै शिक्षा प्रणाली औद्योगिक चरित्र उन्मूख भयो । यो समयलाई बिद्धुतीय युगको रुपमा पनि ब्याख्या गर्न सकिन्छ । जब बिजुलीको आविष्कार गरियो तब संसारभर औद्योगिक क्रन्तिको उत्कर्ष युगको राज भयो । बिजुलीको आविष्कार युगको क्रन्तिकारी फड्को नै इलेक्ट्रेनिक्स अर्थात सूचना प्रबिधी युगको पदार्पणमा संसार प्रवेश गर्यो । शिक्षा यी सबै युगको सारथी बन्योे । अहिले हामी डिजिटल युग अर्थात विविध सूचना प्रविधिको उच्चतम विकशित रुपको युगमा प्रवेश गरिसकेका छौं । विश्वको शिक्षा पद्धति पनि यही क्रममा अघि वढेको छ । अहिलेको मानविय सभ्यता डिजिटल युगबाट अलग रहेर बाँच्न सक्ने अवस्थामा छैन । यसलाई हामी डिजिटल युग भनिरहेका छौं । बर्तमान अवस्थामा हामी जुम प्रविधि, अनलाईन क्लास लगायतका थुप्रै सूचना प्रविधि प्रयोग गर्दै शिक्षण सिकाईको क्रियाकलापलाई विद्यार्थी, शिक्षक, अभिभावकहरु तर्फ डो¥याउन प्रयत्नरत छौं ।

आधुनिक शिक्षा पद्धतिको अनिवार्य अंगको रुपमा यस युगका विद्यार्थीहरुलाई डिजिटल प्रबिधिमा आत्मसात गर्न÷गराउन अहिले निजी लगानिका विद्यालयहरुले आफ्ना प्रयासहरुलाई अघि बढाएका छन । यद्यपि कोरोना महामारीका कारण बन्द भएका विद्यालयहरुका विद्यार्थीहरुलाई शिक्षण क्रियाकलामा जोड्न सरकारले पनि ठूलो धनराशी खर्चेर यो विधीलाई पछ्याउने प्रयत्न गर्दैछ । हाम्रो देशका केही निजी लगानीका विद्यालय, उच्च शिक्षालय तथा विश्वविद्यालयहरुले यो प्रविधीको अभ्यास कम्तिमा पनि बिगत दश बर्ष अधिदेखि नै गर्दै आएका हुन । हाम्रो देशको सन्दर्भमा पनि यो विधि वा पद्धति सर्बथा नौलो भने होईन् । यद्धपि यसको आकार र पहुँच सिमित मात्रा र क्षेत्रमा रहेको थियो । शिक्षण सिकाइृमा यो विधिको सुरुवात गर्ने श्रेय निजी शिक्षालयहरुलाई नै छ । चाहे जे होस् अहिले हामी ब्यापक रुपमा विश्वका विकशित भनिएका देशहरुले प्रयोग गरिरहेको पद्धतिलाई अंगिकार गरी अघि बड्ने प्रयत्नमा छौं । यस प्रयत्नमा निजी लगानीका शैक्षिक संस्थाहरु नै अग्र पंङतिमा छन् ।

सबै प्रकारका विद्यालयहरु चाहे निजी होस वा सरकारी यिनीहरुले गुणस्तरिय शिक्षा प्रदान गर्नु पर्दछ । गुणस्तरिय शिक्षा भनेकै उत्पादित शैक्षिक जनशक्तिहरु बर्तमान समयमा स्वदेश लगायत विश्व बजारमा प्रतिष्पर्धा गर्न सकुन र उनीहरुले प्राप्त गरेको शिप जिबनोपयोगि बनोस् भन्ने नै हो । साथै आगामी शताब्दिको चुनौति वा मागलाई आत्मसात गर्न सकुन भन्ने नै हो । यस परिप्रेक्षमा मुलुकको राष्ट्र्यि शिक्षा पद्धतिकोे उद्धेश्य पनि यही बाटो तर्फ उन्मुख हुनुपर्दछ । यस अर्थमा राष्ट्र्यि शिक्षा पद्धतिको उद्धेश्य प्राप्तिका लागि शिक्षक, विद्यालय प्रशासन, व्यवस्थापन समिति, प्रिन्सिपल तथा संस्थापकहरुको भूमिका चुस्त रहनु पर्दछ । सरकारी र निजी विद्यालय भनि खण्डित गर्ने पर्खाल ठड्याईनु मुर्खता हुन्छ । मुलुकमा दुई प्रकारको शिक्षा भनि भ्रमको खेतिगर्नेहरुको पनि कमि छैन । यस्तो खेति विद्यमान रहेको छ हाम्रो देशमा । शिक्षामा बिभेद ल्याइनु हुँदैन । विद्यालयलाई तह, तप्का र वर्गीय रुपमा वर्गीकरण गर्नुहुँदैन । विद्यालयलाई दुईधार बनाएर संस्थागत र सामुदायिक रुपमा खाड्ल सिर्जना गरेर कृतिम खेतिगर्ने मान्यता स्थापित गर्ने प्रयास गरिनु आफैमा बिडम्बना हो ।

हाम्रो देशमा लामो समय देखि विद्यालय सञ्चालनको प्रकृति फरक छन् । यो प्रकृति भनेकै निजी लगानी र सरकारी लगानीमा विद्यालय ब्यवस्थापन गरी सञ्चालन गरिनु हो । यो यथार्थतालाई लत्याउनु वा नजर अन्दाज गर्नु समग्र देशका विद्यार्थीहरु प्रति अन्याय हुन्छ । निजी विद्यालयको समग्र चरित्र मध्ये एउटा मुख्य चरित्र भनेको उसको निजी ब्यवस्थापन हो । सरकारी लगानीका विद्यालयहरुको मूल चरित्र भनेकै सरकारी ब्यवस्थापन हो । यहाँ दुबै प्रकृतिका विद्यालयहरुको लगानी पक्ष गौण (सेकेन्डरी) विषय हुनआउँछ । अहम्ं सवाल भनेको यि दुबै प्रकारका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु यै मुलुकका भविष्य हुन । भोलिका कर्णधार र बर्तमानका साझेदार हुन । एउटा बालक विद्यालय जाँदा धेरै कुरा सिक्ने अवसरबाट बञ्चित हुनुहुँदैन् । चाहे त्यो बालक निजी वा सरकारी विद्यालयमा अध्ययन गर्ने नै किन नहोओस् । बालबालिकाले गुणस्तरीय शिक्षा पाउनु पर्दछ । अर्थात “बाल बालिका केन्द्रमा” भन्ने ध्येय सरकारले अवलम्बन गर्नुपर्दछ । तर, बिडम्बना नै भन्नु पर्छ मुलुकमा आधा शताब्दि भन्दा बढि समय देखि निजी लगानीका विद्यालयहरु सञ्चालन भै आएको भएता पनि सरकारी नजरमा निजी विद्यालयहरु परित्यक्त नै छन् । यसको ज्वलन्त उदाहरण भर्खरै सरकारले सुरुगरेको वैकल्पिक कक्षा अर्थात रेडियो, टेलिफिजन लगायतका माध्यमबाट गरिएको शिक्षण प्रयासमा निजी लगानीका विद्यालयहरुका संगठनसंगको सहकार्यलाई आव्हान नगर्नु पनि एक हो । निजी विद्यालयहरुले हाँसिल गरेका अनुभव तथा प्रयोग गरेका असल अभ्यासहरुलाई अहिलेको संकटपूर्ण अवस्थामा विद्यार्थीहरु माझमा पस्कन सकिने अवसर प्राप्त थियो । तर सरकारी बिभेदकारी निती कै कारण यो अवसरबाट लाखौं विद्यार्थीहरु वञ्चित हुन पुगेका छन् । निजी विद्यालयहरुका कतिपय बिषयका शिक्षण सिकाईका माध्यम अंग्रेजी भाषामा छन् । निजी शिक्षालयहरुमा अध्ययनरत विद्यार्थीहरु अंग्रेजी भाषामा अभ्यस्त छन् । यो जानकारी सरकारी अधिकारीहरुलाई नभएको पक्कै होईन । तर कलुशित मानसिकताका कारण यो यथार्थतालाई आत्मसात गर्ने आँट सरकारी शिक्षा अधिकारीहरुमा देखिएन । अहिलेको कोरोना महामारीको संकट पूर्ण अवस्थामा समेत मुलुकका बालबालिकाहरुलाई न्याय दिने काम सरकारी पक्षबाट हुनसकेन । सरकारी धनराशी खर्चेर निर्माण गरिएका शैक्षिक सामग्रीहरु मूलत नेपाली भाषामा मात्र रहेका छन् । विद्यार्थीहरुका लागि उत्पादन गरिने शैक्षिक सामाग्रीहरु अंग्रेजी भाषामा समेत उत्पादन गर्नुपर्ने थियो तर, यस तर्फ सरकारी प्रयास भएन । सायद भाषाकै कारण निजी विद्यालयहरुमा अध्ययन गर्ने कतिपय बालबालिका सरकारले प्रशारण गरेको वैकल्पिक शिक्षाबाट बञ्चित हुनुपरेको छ । उनीहरुका लागि पाठ्य सामाग्री बुझ्न कठिन भएको छ । यो मुलुका लाखौं बालबालिकाहरुको लागि सरासर अन्याय भएको छ । यसकारण पनि निजी लगानीका विद्यालयहरु सरकारी नजरमा परित्यक्त नै छन् ।

कोरोना महाब्याधिले आक्रान्त भएको अहिलेको परिस्थितिमा निजी लगानीका विद्यालयहरु आ–आप्mनै ढंगले वा उनीहरुका संगठनका माध्यमबाट बैकल्पिक शिक्षण क्रियाकलापका लागि प्रयासरत छन् । उनीहरुको प्रयास अहिलेको संकट पूर्ण अवस्थाका लागि मात्र नभएर बर्तमान संकट र चुनौतिलाई अवसरको रुपमा प्रयोग गर्दै सुरु गरिएको बैकल्पिक शिक्षण विधिलाई आगामी दिनहरुमा अझ बढि प्रबिधि मैत्री बनाउँदै निरन्तर पुरक सामग्रीको रुपमा प्रयोग गर्नु आवश्यक छ । अबका विद्यार्थीहरुलाई प्रविधि मैत्री शिक्षण क्रियाकलापमा समेत अभ्यस्त बनाउँदै एक्काईसौं शताब्दिको चुनौतिलाई सामना गर्न सक्ने नागरिक तयार गर्न कम्मर कसेर लाग्नु नै समग्रमा विद्यार्थीहरुका लागि न्याय ठहर्दछ ।

पारसमणि दाहाल
उप महासचिब
नेसनल प्याव्सन, केन्द्रिय समिति
Email: [email protected]


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा