२५ चैत्र, काठमाडौँ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) बूढानीलकण्ठ नगर कमिटीले नगरपालिकाले स्थापना गरेको विपद् व्यबस्थापन कोषमा १ लाख १ हजार सहयोग हस्तान्तरण गरेका छ ।

नेसनल प्याब्सनका केन्द्रिय निवर्तमान बरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, नेसनल प्याव्सन बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष नारायणबाबु तिम्सिना सहितको टिमले आज मेयर उद्धब प्रसाद खरेललाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
नगरपालिका भित्र रहेका विपन्न परिवार तथा दैनिक ज्यालादारी मजदुरी गर्दै आएका नागरिकको सहयोग निम्ति एन प्याब्सन बूढानीलकण्ठ नगर कमिटीले विपद् व्यवस्थापन कोषमा सहयोग गरेको अध्यक्ष नारायणबाबु तिम्सिनाले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा एन प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितीका सह–सचिव समिर बास्तोला, सह–कोषाध्य्क्ष बिनय श्रेष्ठ, सदस्य शक्तिराज नेपाल, निवर्तमान सदस्य भिष्मराज ढकाल, बुनपा सचिब लेखजङ्ग खत्री, कोषाध्यक्ष राजेश्वर तिवारी र सदस्य इश्वर केसी लगायतको उपस्थिती रहेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।