शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

ह्वाइटहाउस यु–१८ च्याम्पियन


  • बिहिबार, फाल्गुन ८ २०७६
15.6K
SHARES

ह्वाइटहाउस आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा ह्वाइटहाउसले जेभियर इन्टरनेसनललाई ५६–४५ ले पराजित ग¥यो । ह्वाइटहाउसका सुरज खत्रीले ८ अंक जोडे । ह्वाइटहाउसले पहिलो क्वाटरमा १०–८, दोश्रोमा १४–१२ र तेश्रोमा २०–७ को अग्रता लिएको थियो । चौथोमा जेभियरले १८–१२ को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन । विजेता ह्वाइटहाउसका विशाल मोक्तान ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा समृद्धिले तेश्रो स्थानमा चित्त बुझायो । समृद्धिले न्यु जेनिथलाई ७८–६९ ले हरायो । समृद्धिका सोमित गुरुङले २० स्कोर गरे ।
विजेतालाई संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन १ गतेदेखि सुरु प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । यसै प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बंगलादेशमा जुन–जुलाईमा हुने साबा यु–१८ पुरुष बास्केटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको चयन गरिने छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा