शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

आयोजक अर्किड विजयी


  • शनिबार, माघ २५ २०७६
26.2K
SHARES

२५ माघ, काठमाडौँ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९, गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कूलले आयोजना गरेका अन्तरविद्यालय सेभेन ‘ए’ साइड फुटबल टुर्नामेन्ट ‘पाचौँ अर्किड कप’को आज दोश्रो दिन पनि खेलहरु सुचारु भएका छन् ।
अर्किडको ग्राउण्डमा भएको आजको खेलमा आयोजक विद्यालय अर्किड प्युपल सेकेण्डरी स्कूल विजयी भएको छ । गोठाटार स्कूललाई ट्राइबेकरमा २–३ गोल अन्तरले पछि पार्दै आयोजक अर्किड विजयी भएको हो । म्यान अफ द म्याच गोठाटार स्कूलका युमन आचार्य भएका छन् ।


यस्तै शनिबार (आज) भएको खेलमा हाईली क्रियटिम स्कूलले दर्शना स्कूललाई १–० गोल अन्तरले पछि पार्दै विजयी भएको छ । म्यान अफ द म्याच दर्शनाका रोशन थापा भएका छन् ।
अर्को खेलमा एजियम स्कूललाई पराजित गर्दै नेपाल तारा स्कूल विजयी भएको छ ।
९ दिनसम्म चल्ने उक्त प्रतयोगितामा विजयी प्रथम, द्धितीय, तृतीय र चौथो हुने टिमलाई क्रमश २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–प्रदान गरिने जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा