शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

‘लुम्बिनी प्याब्सक फुटसल कप’ सम्पन्न, विनायकलाई उपाधी (फोटोफिचर)


  • शुक्रबार, माघ २४ २०७६
23.4K
SHARES

२४ माघ, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले आयोजना गरेको चौथो लुम्बिनी प्याब्सक फुटसल कप माघ २४ गते शुक्रबार (आज) सम्पन्न भएको छ ।

चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा शुक्रबार भएको फाइनलमा विट्स एकेडेमीलाई ६–२ गोल अन्तरले पराजित गर्दै विनायकले उपाधि जितेका छ ।

उपाधिसँगै विनायकले १० हजार प्राप्त गरेको छ । उपविजेता बनेको विट्सले ५ हजार प्राप्त गर्यो ।

यस्तै तेस्रो स्थानको लागि भएको खेलमा सगरमाथाले पुस्पलाललाई ३–१ ले पराजित गर्यो । सगरमाथाले ७ हजार पाउँदा पुस्पलालले ५ हजार प्राप्त गर्यो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी विट्सका अशोक मगर चुनिए । सर्वा्धिक गोलकर्ता पुस्पलालका रोशन थापा चुनिए । यस्तै उत्कृष्ट किपर विनायकका युवराज गोर्खाली र डिफेन्डर विनायककै सतिश थापा चुनिए । इमर्जिङ खेलाडी विट्सका रिशोप प्रधान र उत्कृष्ट प्रशिक्षक आनन्द क्षेत्री चुनिए ।

प्याब्सकद्वारा आयोजित प्रतियोगिताका विजेतालाई प्रमुख अथिति तथा बागमती प्रदेशका प्रदेशसभा सदस्य नरोत्तम बैद्य लगायतले पुरस्कृत गरे ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा