शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

अन्तरविद्यालय पाचौँ अर्किड फुटबल कप आजदेखि सुरु (भिडियो)


  • शुक्रबार, माघ २४ २०७६
26.2K
SHARES

२४ माघ, काठमाडौँ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९, गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कूलले माघ २४ गते शुक्रबार (आज) देखि अन्तरविद्यालय सेभेन ‘ए’ साइड फुटबल टुर्नामेन्ट ‘पाचौँ अर्किड कप’ सुरु गरेको छ ।


शुक्रबार स्कूलको प्रांगण गोठाटारमा एक भव्य उद्घाटन कार्यक्रमको आयोजना गर्दै अर्किडकै मैदानमा पाचौँ अर्किड कप सुरु गरिएको हो ।


कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा एन प्याब्सनका निवर्तमान केन्द्रिय अध्यक्ष कर्ण बहादुर शाही, विभिन्न स्कूलका प्रिन्सिपल, स्कूल व्यबस्थापन टिम, शिक्षक, विद्यार्थी लगायत खेलकुद तथा शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


पानसमा दीप प्रज्वलन गरि प्रमुख अतिथि मेयर थापा तथा सभापती अर्किडका अध्यक्ष प्रेम कुमार भुजेलले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।


कार्यक्रममा बोल्दै पमुख अतिथि मेयर थापाले अर्किड कपको सफलताको शुभकामना व्यक्त गर्दै खेलकुद विकासमा आफ्नो तर्फबाट सक्ने सहयोग रहने बताएका थिए ।


९ दिनसम्म चल्ने उक्त प्रतयोगिताबाट विजयी प्रथम, द्धितीय, तृतीय र चौथो हुने टिमलाई क्रमश २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–प्रदान गरिने आयोजक संस्था अर्किडका अध्यक्ष प्रेम कुमार भुजेलले बताउनु भयो ।


नकआउट चरणमा गरिने उक्त प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको छ ।


आज भएको खेलमा डिफेन्डिङ च्याम्पियन श्रमशील विद्यापीठले विजयी सुरुआत गरेको छ ।
श्रमशीलले करियरलाई ३–२ गोलले पराजित गरेको हो । यस्तै एकलब्यले एसएसभीएमलाई टाइब्रेकरमा ४–२ तथा ग्रिनविचले गणेश हिमाललाई ३–२ गोलले पराजित गरेका छ ।


सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले अर्किड प्युपल सेकेण्डरी स्कूलका प्रिन्सिपल चोलिन्द्र बहादुर कार्कीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा