शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्राक्सिस क्वाटरफाइनलमा


  • बिहिबार, माघ २३ २०७६
23.6K
SHARES

२३ माघ, काठमाडौँ ।
प्राक्सिस चौथो प्याब्सक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वारा आयोजित प्रतियोगितामा प्राक्सिसले ज्ञान चक्छुलाई टाइब्रेकरमा ३–१ गोलले पराजित ग¥यो । चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा भएको निर्धारित समयको खेल ३–३ को बराबरीमा टुंगिएको थियो ।

त्यस्तै सगरमाथाले प्रारम्भलाई २–१, एपेक्सले त्रिनेत्रलाई टाइब्रेकरमा ३–२, ग्रिनफिल्डले आकाश गंगालाई ५–२, भीमेश्वर एकेडेमीले जोन एकेडेमीलाई टाइब्रेकरमा ३–२, विनायकले लिटिल मुनलाई २–० र विट्स एकेडेमीले काठमाडौं विनायक शिक्षालय ९केभीएस० लाई टाइब्रेकरमा ५–४ गोलले हराउदै क्वाटरफाइनलमा पुग्न सफल भए । एक प्रिक्वाटरफाइनल खेल हुन बाँकी रहेको प्याब्सकका अध्यक्ष गेन्द्र लामाले जनाएका छन् ।

प्रतियोगिता शुक्रबार सम्पन्न हुने छ । पहिलो हुने टिमले १० हजार, दोश्रोले ८ हजार, तेश्रोले ७ हजार र चौथोले ५ हजार नगद पुरस्कार पाउने छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा