२२ माघ, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले उपत्यकाव्यापी अन्तरविद्यालय फुटसल टुर्नामेन्ट ‘लुम्बिनी प्याब्सक फुटसल कप’ माघ २२ गते (आज) देखि सुरु गरेका छ ।
३ दिनसम्म चल्ने उक्त प्रतियोगिताको बुधबार लुम्बिनी फुटसल ग्राउण्डमा उद्घाटन कार्यक्रमको आयोजना गर्दै फुटसल कपको खेलहरु सुरु गरिएको हो ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा गरिएको उक्त उद्घाटन कार्यक्रममा एन प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, एन प्याब्सन काठमाडौँका कोषाध्यक्ष श्याम योञ्जन, लुम्बिनी एकेडेमी तथा लुम्बिनी कलेजका प्रिन्सिपल रविन चन्द्र कोइराला, प्याब्सक प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष नारायण तिम्सिना, प्याब्सक अध्यक्ष गेन्द्र लामा तथा पदाधिकारी, विभिन्न विद्यालयका प्रिन्सिपल, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
रेफ्रीलाई फुटसल बल हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि शेर्पाले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एन्फाका अध्यक्ष शेर्पाले प्रतियोगिताको सफलको शुभकामना व्यक्त गर्दै फुटबल खेलको विकासका लागि फुटसलले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । विश्वको फुटबल खेल अहिले आधुनिक स्तरमा पुगेको छ । बलले हैन बुद्धिबाट फुटबल खेल्न थालिएको छ । जसका कारण यस खेलबाट विद्यार्थीको शारिरिक मात्र नभई मानसिक विकासमा पनि टेवा पुग्ने उनले बताए ।
कार्यक्रमका सभापती एवं प्याब्सकका अध्यक्ष गेन्द्र लामाले प्याब्सक फुटसल कप सभ्य, भव्य तथा अनुशासित तवरबाट सम्पन्न हुने विश्वास व्यक्त गर्दै मुख्य प्रायोजक संस्था लुम्बिनी एकेडेमी तथा लुम्बिनी कलेजलाई विशेष धन्यवाद दिएका थिए ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई क्रमशः १० हजार, ८ हजार, ७ हजार र ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने जनाइएको छ ।
यस्तै बुधबार भएको खेलमा काठमाडौं विनायक शिक्षालय (केभीएस) चौथो प्याब्सक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । केभीएसले रिताम्बरालाई २–१ तथा तिरुपातीलाई ६–१ गोलले पराजित ग¥यो ।
विट्स एकेडेमीले हिमालयलाई ३–२ तथा भीमेश्वर एकेडेमीले गणेश हिमाललाई टाइब्रेकरमा ३–२ गोलले हराउदै क्वाटरफाइनलमा पुग्न सफल भए । प्राक्सिस्को ‘ए’ र ‘बी’ दुवै टिमले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा भएको अन्य खेलमा फेरील्यान्डले अरुणीलेलाई ३–१, ग्रिनफिल्डले हिलारीलाई ६–१, आकाश गंगाले प्रोग्रेसिभलाई ३–०, विनायकले केभीएम ‘बी’ लाई ४–१, जोन एकेडेमीले केभीएम ‘ए’ २–० तथा ज्ञान चक्छुले प्रस्फुटनलाई १–० गोलले पाखा लगाए ।
शुक्रबारसम्म चल्ने उक्त प्रतियोगितामा ६४ टिम सहभागी रहेका छन् ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले प्याब्सकका अध्यक्ष गेन्द्र लामासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।