१९ माघ, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) काठमाडौं महानगर कमिटीले आयोजना गरेको फुटसल प्रतियोगिता आइतबारदेखि सुरू भएको छ ।
बौद्धस्थित एरिना फुटसलमा एक समारोहबीच प्रतियोगिता भएको हो ।
प्रतियोगितामा प्रमुख अतिथि महानगरको वडा नम्बर ६ का वडाध्यक्ष दीपेन्द्र लामा र प्याब्सन काठमाडौं महानगर कमिटी प्रमुख मुरारी प्रकाश संजेलले संयुक्त उद्घाटन गरेका थिए ।
उद्घाटन खेलमा समता शिक्षा सदनले विट्स एकेडमीलाई ४-१ गोल अन्तरले पराजित गरेको छ । यससँगै समताले ३ अंक जोडेको छ ।
लिक नकआउटको आधारमा भएको प्रतियोगिताको दोस्रो दिन भोली लिग चरणका बाँकी खेल र प्रिक्वाटर फाइनलका खेल हुनेछन् । ३ दिनसम्म चल्ने प्रतियोगितामा ३२ विद्यालयले भाग लिएका छन् ।
प्रतियोगिताको विजेताले टिमलाई २० हजार, उपविजेतालाई १० हजार र तेस्रो हुने टिमलाई नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियोगिताका संयोजक एवं प्याब्सन काठमाडौँ महानगर कमिटीका वरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर श्रेष्ठले बताए ।
व्यक्तिगत विधामा उकृष्ट खेलाडीले जनही २–२ हजार नगदसहित ट्रफी पाउने छन् ।
सोही प्रतियोगितामा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले प्याब्सन काठमाडौँ महानगर कमिटीका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक ज्ञान बहादुर श्रेष्ठसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।