शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

माफ अन्तरविद्यालय भलिबल टुर्नामेन्ट सम्पन्न, जगत मन्दिर र लाइसियमलाई उपाधि (भिडियो)


  • सोमबार, पुष ७ २०७६
34.3K
SHARES

७ पुस, काठमाडौँ ।
म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) अन्तरविद्यालय छात्र/छात्रा भलिबल टुर्नामेन्ट पुस ५ गते शनिबार सम्पन्न भएको छ ।


रुद्रमति मार्ग, हाडिगाउँमा रहेको एडभान्स इंग्लिस बोर्डिङ्ग हाई स्कूलको आयोजनामा शनिबार सम्पन्न भएको हो ।


मंसिर ३० गतेदेखि सुरु भएको उक्त टुर्नामेन्टमा छात्र, छात्र गरि माफमा आवद्ध विद्यालयहरुबाट २४ टिमको सहभागिता रहेको थियो ।


शनिबार सम्पन्न उक्त टुर्नामेन्टमा पेप्सिकोलामा रहेको ग्लोबल पब्लिक स्कूललाई पराजित गर्दै चाबहिल लामपोखरीमा रहेको जगत मन्दिर सेकेण्डरी स्कूलले छात्रतर्फको उपाधि जितेको छ । लाइसियम मोडल स्कूल तेश्रो र सम्भबी स्कूल चौथो भएको छ ।


ग्लोबल पब्लिक स्कूलका योञ्जन देव गौतम बेष्ट स्पाइकर, एडभान्स इंग्लिस बोर्डिङ्ग हाई स्कूलका अभिशेक मगर बेष्ट सर्भर, जगत मन्दिर सेकेण्डरी स्कूलका लाक्पा तामाङ बेष्ट प्लेअर, जगत मन्दिर सेकेण्डरी स्कूलका मिग्मा डि शेर्पा बेष्ट सटर, सम्भबी स्कूलका निजल राई बेष्ट ब्लकर र क्याम्ब्रिज पब्लिक हाई स्कूलका रोहित सिंह साउद बेष्ट डिफेन्डर भएका छन् ।


यस्तै छात्रातर्फ विशालनगरमा रहेको ह्विज किड्स इन्टरनेशनल स्कूललाई पराजित गर्दै चाबहिल सिफलमा रहेको लाइसियम मोडल स्कूलले उपाधि जितेको छ भने क्याम्ब्रिज पब्लिक हाई स्कूल तेश्रो र ग्लोबल पब्लिक स्कूल चौथो भएको छ ।


क्याम्ब्रिज पब्लिक हाई स्कूलकी त्रिसिला रावल बेष्ट सर्भर, लाइसियम मोडल स्कूलकी नन्दनी कर्ण बेष्ट प्लेअर, लाइसियम मोडल स्कूलकी अमिशा रोय बेष्ट सटर, ग्लोबल पब्लिक स्कूलकी गिता घिमिरे बेष्ट ब्लकर, एडभान्स इंग्लिस बोर्डिङ्ग हाई स्कूलकी अनुस्का तामाङ बेष्ट डिफेन्डर र रशी डंगोल बेष्ट स्पाइकर भएकी छिन् ।


शनिबार नै विजयी टिमलाई पुरस्कृत गरिएको थियो । जसमा प्रथम, द्धितीय, तृतीय र चौथो हुने टिमलाई क्रमस १० हजार, ७ हजार, ५ हजार र ४ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो । यस्तै उष्कृष्ट हुने खेलाडीहरुलाई ट्रफीद्धारा सम्मान गरिएको थियो ।


राष्ट्रिय भलिबल संघका उपाध्यक्ष कुमार सुवेदीको प्रमुख आतिथ्यतामा गरिएको उक्त समापन कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नम्वर ५ का वडाअध्यक्ष रमेश डंगोल, प्याब्सन काठमाडौँका बरिष्ठ उपाध्यक्ष राम केसी, प्याब्सन काठमाडौँकी उपाध्यक्ष रिता राई दाहाल, माफका अध्यक्ष राजन आचार्य एवं पदाधिकारी, रिभेरा इन्टरनेशल एकडेमीका प्रिन्सिपल प्रज्वल कोइराला, विभिन्न स्कूलका प्रिन्सिपल, विद्यार्थी एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


एडभान्समा अध्ययनरत विद्यार्थीले नृत्यद्धारा उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले विजयी टिमलाई बधाई दिँदै माफले गर्ने आगामी भलिबल टुर्नामेन्टलाई आफ्नोतर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।


सोही प्रतियोगितामा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले एडभान्स इंग्लिस बोर्डिङ्ग हाई स्कूलका प्रिन्सिपल पुरुषोत्तम देवकोटासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा